November 19th, 2017

दुई वटा वाणिज्य बैंकमा सयौँलाई रोजगारी

दुई वटा वाणिज्य बैंकमा सयौँको संख्यामा रोजगारी खुलेको छ । मेगा बैंक नेपाल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेका हुन् । 

मेगा बैंकले एक सय १३ जना कर्मचारी मागेको छ । शाखा प्रबन्धक सहित २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत माग गरेको छ । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण र १ वर्षको प्रबन्धक तह अनुभव चाहिन्छ । अन्य पदका लागि पनि बैंकमा अनुभव भएका ब्यक्ति माग गरिएको छ । बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि थप ३९ जना प्रशिक्षार्थी कर्मचारी स्नातक तह उत्तिर्ण माग गरेको छ । मंसिर १४ गतेसम्म आवेदन बुझाउन सकिने छ ।
थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/8/mega-career-opportunities-16th-november-2017


एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न १५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मेनेजर तथा अफिसर लेभलका कर्मचारी माग गरेको बैंकले सबै पदका लागि अनुभव खोजेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई नोभेम्बर २९ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/current-vacancies


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]