November 17th, 2017

नयाँ रेटिङ कम्पनी संचालनमा आउँदै, धितोपत्र बोर्डले दियो स्वीकृति

नेपालमा नयाँ रेटिङ कम्पनी थपिने भएको छ । हालसम्म इक्रा नेपाल लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेकोमा अब केयर रेटिङ नेपाल लिमिटेड थपिने भएको भएको हो । नेपाल धितोपत्र बोर्डले रेटिङको काम गर्न केयर रेटिङ नेपाललाई शुक्रबार अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।

कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साजन गोयलले बताए । 

केयर रेटिङ नेपालको स्थापनासँगै अब कम्पनीहरुले उचित र प्रतिष्पर्धी मूल्यमा सही र सरल ढंगले रेटिङ पाउने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । 

केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको थियो । भारतको केयर रेटिङस लिमिटेड तथा नेपाली बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र व्यवसायीक प्रतिष्ठानको संयक्त लगानीमा केयरको स्थापना भएको हो । कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५।५ प्रतिशत स्वामित्व रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]