November 17th, 2017

जापानको वित्तीय सम्पत्ति बढ्यो

बैंकिङ खबर । अघिल्लो वर्षको तुलनामा जापानको वित्तीय सम्पति बढेकोे एक सर्भेले देखाएको छ । सेन्ट्रल काउन्सिल फर फाइनान्सियल सर्भिस इन्फर्मेसनले गरेको वार्षिक सर्भेले अघिल्लो वर्षको तुलनामा घरधुरीको औसत वित्तीय सम्पत्तिमा ६.८ प्रतिशतले वृद्धि भएको देखाएको हो । सर्भेका अनुसार, अहिले जापानको घरधुरीको औसत वित्तीय सम्पत्ति एक करोड १५ लाख येन पुगेको छ । 

जापानी सेयर मूल्यमा भएको २५ प्रतिशत वृद्धिले समग्र वित्तीय सम्पत्ति बढाउनमा ठूलो भूमिका खेलेको निष्कर्ष सर्भेले निकालेको छ । यसबाहेक, जापानको आर्थिक सुधार र सुधारिएको रोजगार बजारले यो वर्ष जापानी घरधुरीको खुद सम्पत्तिमा वृद्धि भएको पाइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]