November 17th, 2017

दुईभन्दा बढी डिम्याट खाता राख्न नपाइने, ३५ दिनभित्र बन्द नगरे रोक्का गरिने

बैंकिङ खबर । दुईभन्दा बढी हितग्राही(डिम्याट) खाता हुने लगानीकर्ताको खाता रोक्का गरिने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले दुई भन्दा बढी खाता हुने लगानीकर्तालाई खाता बन्द गर्नका लागि ३५ दिनको अल्टिमेटम दिएको छ । लगानी ब्यबस्थापनमा सहभागी हुनेलाई भने लगानी ब्यबस्थापन अनुसार खाता खोल्न सक्ने छुट दिइएको छ ।
 
यसअघि कार्तिक २६ गते पनि सीडीएससीले सुचना जारी गरी दुई भन्दा बढी खाता हुनेलाई बन्द गर्न आग्रह गरेको थियो । तर अझै केहि लगानीकर्ताले अटेर गर्दै दुइ भन्दा बढी खाता संचालन गरेको हुदा सीडीएससीले खाता बन्द नगर्ने लगानीकर्ताको खाता बन्द गर्ने चेतावनी दिएको हो ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]