November 17th, 2017

वोमी माइक्रोफाइनान्सको बोनस र हकप्रद सेयर पारित

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको विहीबार (कार्तिक ३० गते) सम्पन्न छैठौं वार्षिक साधारणसभाले संचालक समितिद्धारा प्रस्तावित २० प्रतिशत बोनस सेयर पारित गरेको छ । बोनस सेयर जारी भएसँगै वोमीको चुक्तापुँजी सात करोड ७७ लाख ६० हजार रुपैयाँ पुग्नेछ । बोनस सेयरका साथमा सेयरधनीले कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांस पनि पाउनेछन् । 

यसबाहेक, कम्पनीले बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन भएपछि कम्पनीको चुक्तापुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ । 

सभामा शाखा कार्यालयहरुमध्ये कार्य सम्पादन मुल्याङ्कनमा अधिकतम अंक ल्याउने उत्कृष्ट सुक्रौली शाखा, नवलपरासीलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत समेत गरिएको छ । 

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल २० जिल्लाका विभिन्न २८ स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । संस्थाको उठाउन बाँकी लघु कर्जा रु ८९ करोड ४४ लाख तथा वचत परिचालन रु ३१ करोड ५० लाख रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]