November 16th, 2017

एमएफआई रिसोरसेसको चार दिने तालिम सम्पन्न

बैंकिङ खबर । एमएफआई रिसोरसेसले काठमाडौँमा माइक्रोफिन तालिम सम्पन्न गरेको छ । चार दिनसम्म संचालन गरिएको उक्त तालिममा प्रत्येक दिन बिभिन्न शीर्षकहरु बिभाजन गरी तालिम प्रदान गरिएको थियो । 

पहिलो दिनमा योजना निर्माण, लक्ष्य निधारण, SWOT को बिश्लेषण, माइक्रोफिन, अनुकरणीय र आर्थिक बिवरणको परिचय लगायतका विषयमा जानकारी गराइएको थियो भने दोस्रो दिन क्रेडिट, क्रेडिट बीमासम्बन्धी तालिम दिइएको थियो । त्यस्तै, तेस्रो दिन मुख्य कार्यालय र त्यसका शाखा कार्यालयमा कर्मचारी नियुक्ति, संचालन खर्च, अचल खर्चलगायत कर सम्बन्धी विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो भने चौथो तथा अन्तिम दिन नगद प्रवाह, लगानीमा आउने नाफा, व्याज दर र लगानी गर्दा बनाउनुपर्ने योजनाका बारेमा तालिम दिइएको थियो ।

“माइक्रोफिन” लघुवित्त वित्तीय संस्थाहरुका ब्यवसायिक योजना बनाउन प्रयोग हुने सफ्टवयर हो, जो निशुल्क रुपमा उपलब्ध छ । “माइक्रोफिन” को प्रयोगले लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो आवश्यकता अनुसार एक वा बहुल वर्षिय वित्तीय अनुमान सहितको ब्यावसायिक योजना बनाउन सक्छन् । यो तालिम बार्षिक वा बहुल वर्षिय व्यवसायिक योजना, वित्तीय अनुमान र बिश्लेषणमा संलग्न लघुवित्त वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, प्रबन्धक, बिभागीय प्रमुख, क्षेत्रीय वा शाखा प्रबन्धक तथा त्यस बिषयसँग सम्बन्धित ब्यक्तिहरुका लागि उपयोगी सावित हुने अपेक्षा गरिएको छ । 

तालिम संचालक एवम् एमएफआइ रिसोरसेस संस्थाका प्रमुख होवार्ड ब्राडिका अनुसार यो तालिम पछि लघुवित्त वित्तीय संस्थाहरुका प्रमुखहरुले आफ्नो आवश्यकता अनुसार वित्तीय अनुमान सहितको ब्यवसायिक योजना बनाउन सक्षम हुनेछन् । 

बिजय लधुवित्तका सिइओ बसन्तराज लम्सालका अनुसार यो प्रबिधिमा केहि कमजोरीहरु भएपनि यो प्रविधि माइक्रोफाइनान्सलाई सारै उपयोगी हुने बताए । यो प्रविधिले १२ वटा शाखाको मात्र अभिलेख राख्ने तर प्रायःमा शाखा अधिक नै रहेकाले हाल यो प्रविधि उपयोग हुन नसके पनि यसमा थोरै सुधार भए यो लाभदायक हुने उनको भनाइ थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]