November 16th, 2017

२८ वाणिज्य बैंक : कसको नाफा बढ्यो ? कसको घट्यो ?

रुपा कोइराला/बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमिटेडले सबैभन्दा धेरै मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा गिरावट आएको भए तापनि अन्य बैंकहरुको तुलनामा भने नेपाल बैंकको नाफा सबैभन्दा बढी हो । त्यस्तै, सिभिल बैंकको मुनाफा सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएको छ । जनता बैंकले सबैभन्दा कम नाफा कमाएको छ भने मेगा बैंकको नाफा सबैभन्दा धेरै प्रतिशतले घटेको छ । समग्रमा, २८ वटै वाणिज्य बैंकको विवरण यहाँ प्रस्तुत गरिन्छ :

नेपाल बैंकको नाफा सबैभन्दा धेरै
तीन महिनामा नेपाल बैंकले ९७ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १६.७० प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले एक अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  आठ अर्ब चार करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा तीन दशमलब ४२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १६ दशमलब ५९ प्रतिशत रहेको छ । त्यस्तै, बैंंकको प्रतिसेयर आम्दानी ४८ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ९७ गुणा, प्रतिसेयर नेटवथ एक सय ५९ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ५९ प्रतिशत रहेको छ ।

प्रतिष्पर्धामा तीन बैंक
नाफाको आधारमा नेपाल बैंकसँगको प्रतिपर्धामा तीन बैंक उत्रिएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि उत्कृष्ट नाफा कमाएका हुन् । 

नेपाल इन्भेष्टमेन्ट बैंक
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३३ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १९ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८४ दशमलव ४७ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३३ प्रतिशतले बढेर एक दशमलव ०४ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति एक दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ७८ प्रतिशत कायम भएको छ ।

नविल बैंक लिमिटेड
पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, नविल बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नविलले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । विवरणअनुसार, नविल बैंकको चुक्तापुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४१ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३० दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक हजार आठ सय २५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृयकर्जा एक दशमलव ११ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव आठ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको निष्कृय कर्जा दुई दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ०९ प्रतिशत रहेको छ ।

मुनाफामा सिभिल बैंकको प्रगति सबैभन्दा धेरै
गत आर्थिक वर्षको तुलनामा खुद मुनाफामा सबैभन्दा धेरै प्रगति सिभिल बैंकले हासिल गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७९ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले जम्मा एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ३३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३३ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव ६९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १९ दशमलव ६२ प्रतिशत रहेको छ ।

अन्य ११ ​बैंकले पनि बढाए नाफा
नेपाल, नेपाल इन्भेष्टमेन्ट, नविल, राष्ट्रिय वाणिज्य र सिभिल बैंकबाहेक ११ वटा बैंकले नाफा बढाएका छन् । एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, माछापूछ्रे बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र जनता बैंकको नाफा बढेको छ ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले ५१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ३१ पैसाबाट घटेर ३५ रुपैयाँ २२ पैसा कायम भएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ३४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा झन्डै १० करोड बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि बैंकले ३५ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ४६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ ।

नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआइ बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ करोड रुपैयाँ बढी नाफा कमाएको हो  गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ९७ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको खराब कर्जा ०.१३ प्रतिशत रहेको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ३४ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमाले २७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव ५२ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव १४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ७२ (वार्षिक) रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ७६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १७ दशमलव ५५ रुपैयाँ र तरलता अनुपात २४ दशमल ०७ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव १२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकले २५ करोड १० रुपैयाँ खुद मुनाफा आर्जज गरेको थियो । छ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशत, प्रतिसेयर आम्दानी २१ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ५५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५४ दशमलव ६८ रुपैयाँ र तरलता अनुपात २७ दशमल ९० प्रतिशत रहेको छ ।

माछापुच्छे बैंक लिमिटेड
माछापुच्छे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा माछापूछ्रेले २४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको बैंकको जोखिमयुक्त सम्पति पाँच दशमलव ३४ प्रतिशतले बढेर १६ दशमलव ६३ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०९ प्रतिशतले बढेर शुन्य दशमलव ४५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय १५ दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ९३ गुणा र तरलता अनुपात २४ दशमल ८६ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७५ प्रतिशत बढी नाफा कमाएको हो । गत  आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशियाले २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब तीन करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ०८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव ८८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २७ दशलमव ७५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३८ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब २१ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४० दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ र तरलता अनुपात १९ दशमलव ५३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ७८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ३७ प्रतिशत रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसीले १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव ०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव २३ रुपैयाँ, तरलता अनुपात २८ दशमलव ८५ प्रतिशत र मूल्य आम्दानी अनुपात २७ दशमलव २२ गुणा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा चार दशमलव २९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ६८ प्रतिशत रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशलमव ४१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी बैंकले सात करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ४६ करोड छ लाख रुपैयाँ चुक्ता पुँजी भएकोबैंकको प्रतिसेयर आम्दानी सात दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २९ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ४० रुपैयाँ र तरलता अनुपात २७ दशमलव २१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ३७ प्रतिशतले बढेर एक दशमलव ७० प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति चार दशमलव ०१ प्रतिशतले बढेर १५ दशमलव ६६ प्रतिशत पुगेको छ । 

जनता बैंकको नाफा सबैभन्दा कम
जनता बैंकको मुनाफा सबैभन्दा कम रहेको छ । यद्यपि, बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै भएपनि बढी नाफा कमाएको छ । तीन महिनामा बैंकले छ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकको आम्दानी तीन दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ०७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पति १५ दशमलव ९९ प्रतिशत रहेको छ ।

११ बैंकको नाफामा गिरावट
११ वटा बैंकको नाफा घटेको छ । मेगा बैंक, कुरमाी बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, प्रभु, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकको नाफा घटेको हो ।

मेगा बैंकको प्रदर्शन दयनीय
नविल बैंकले पहिलो त्रैमासमा नै झन्डै अर्बनजिक नाफा पुर्याउँदा मेगा बैंकको प्रदर्शन भने अत्यन्तै दयनीय देखिएको छ । बैंकले पहिलो त्रैमासमा जम्मा आठ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ६७ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १० दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी वार्षिक एक दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २९ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिकोा तुलनामा १८ दशमलव २४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीले १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको प्रतिसेयर आम्दानी सात दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४१ दशमलव ०१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४५ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ९७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव २५ प्रतिशत रहेको छ ।

नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आथिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बंगलादेश बैंकले २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब आठ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४३ प्रतिशतले घटेर शुन्य दशमलव ४३ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति चार दशमलव ०२ प्रतिशतले बढेर १४ दशमलव ६३ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक आठ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३१ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ४८ प्रतिशत रहेको छ ।

सनराइज बैंक लिमिटेड
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंक लिमिटेडले २० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै पाँच करोड रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंकले २५ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको प्रतिसेयर आम्दानी नौ रुपैयाँ ९९ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २१ रुपैयाँ ०६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३२.०४, तरलता अनुपात २८.२६ र आम्दानी अनुपात ३३.१२ रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने जोखियुक्त सम्पत्ति १४.२७ प्रतिशत रहेको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकले चालु आवको पहिलो तीन महिनामा २१ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १४ करोड रुपैयाँ कम नाफा कमाएके हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सिद्धार्थ बैंकले ३५ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको खराब कर्जा १.५९ प्रतिशतबाट बढेर २.०१ प्रतिशत पुगेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डू लिमिटेडले २२ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३२ प्रतिशतलृ घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले २७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ६२ करोड चुक्तापूँजी भएको बैंकको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत आवको सो अवधिमा २३ रुपैंया ६८ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको यो वर्ष प्रतिशेयर आम्दानी १५ रुपैंया ९२ पैसामा सीमित भएको छ । त्यस्तै बैंकको निष्कृय कर्जा अनुपात १ दशमलव १२ प्रतिशतबाट बढेर २ दशमलव शून्य ८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैंया ५० पैसा र मूल्य आम्दानी अनुपात २७ दशमलव ८३ गुणा रहेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव २३ प्रतिशतले कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २८ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निष्कृय कर्जा तीन दशमलब ३१ प्रतिशतले घटेर चार दशमलव २३ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव ५१ प्रतिशतले बढेर ११ दशमलव ०२ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ १४७ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५० प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्सले ३४ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब दुई करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिमयुक्त सम्पत्ति १६.०१ प्रतिशत र निष्कृय कर्जा १.९९ प्रतिशत रहेको छ । त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ३१ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २१ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमल ३८ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ०९ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले ४२ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब आठ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जोखिम युक्त सम्पत्ति शुन्य दशमलव ३९ प्रतिशतले घटेर ११ दशमलव ५४ प्रतिशत कायम भएको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव १४ प्रतिशतले घटेर एक दशमलव ५७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १७ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ८१ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले तीन महिनामा ३६ करोड ३९ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८३ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कृषि विकास बैंकले ४२ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सात अर्ब आठ करोड ७६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा, मूल्य आम्दानी अनुपात २८.१६ र प्रतिसेयर नेटवर्थ दुई सय ४३ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा ३.८३ प्रतिशतबाट घटेर ३.५४ प्रतिशत कायम भएको छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ४६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएकोबैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३५ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८७ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २० दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ९८ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]