November 15th, 2017

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीमा नयाँ शाखा विस्तार गरेको छ । मंगलबार(कात्तिक २८ गते) एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले विधिवत् रुपमा उक्त शाखाको औपचारिक उद्घाटन गरे । 

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]