November 14th, 2017

राष्ट्रिय स्तरका सात विकास बैंकको रिपोर्ट : कुनको मुनाफा कति ?

बैंकिङ खबर । राष्ट्रिय स्तरका १२ वटा विकास बैंकहरुमध्ये, हालसम्म सात वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सात बैंकमध्ये, पाँच वटाले नाफा घटेको विवरण प्रस्तुत गरेका छन् । मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकको नाफा भने बढेको पाइएको छ । हेरौँ, आठ वटै विकास बैंकको वित्तीय विवरण :

मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले नौ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ६० करोड १९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जातर्फ ४६ दशमलव ९० प्रतिशतले बढाएर १६ अर्ब ८० करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २१ दशमलव २२ प्रतिशतले बढेर २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी १९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा २ करोड ५२ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ३६ लाख रुपैयाँ उठाएको छ । बैंकको जोखिमयुक्त सम्पति १६ दशमलव ६७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २६ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात २४ दशलमव ३८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४२ दशमलव १३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७५ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले चार करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब २० करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ५१ करोड १४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५७ दशलमव १४ प्रतिशतले वृद्धि गरी ११ अर्ब ३० करोड ८७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४७ दशमलव ५२ प्रतिशतले पृद्धि गरी नौ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । ज्योति विकास बैंकको खुद व्याज आम्दानी २९ दशमलव २९ प्रतिशतले बढेर १२ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८२ दशमलव ०५ प्रतिशतले बढेर सात करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा दुई करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक आठ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव २८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २३ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव २७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ३१ प्रतिशतले घटेर शुन्य दशमलव ८२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११ दशमलव ४६ प्रतिशतले बढेर २७ दशमलव ८९ प्रतिशत पुगेको छ । 

महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र कैलाश विकास बैंकको मुनाफामा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गिरावट आएको छ ।  

कैलाश विकास बैंक लिमिटेड
कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ३८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कैलाशले १३ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा एक अर्ब आठ करोड ४४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० प्रतिशतले वृद्धि गरी १८ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ३८ प्रतिशतले वृद्धि गरी १५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । कैलाश विकास बैंकको खुद व्याज आम्दानी २७ दशमलव ३५ प्रतिशतले घटेर १५ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३५ दशमलव ३३ प्रतिशतले घटेर आठ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ करोड ७५ लाख रुपैयाँ राखेको छ । कैलाशकोे जोखिमयुक्त सम्पत्ति १८ दशमलव ३३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ९१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४७ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ६६ प्रतिशत रहेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ९२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंकले छ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब नौ करोड ८२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ३२ दशमलव २३ प्रतिशतले वृद्धि गरी २५ अर्ब १४ करोड ६४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २० अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४७ प्रतिशतले बढेर १७ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा तीन दशमलव ५५ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक आठ दशमलव ५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४१ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २९ दशमलव ४५ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ३८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिलाले चार करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले जगेडा कोषमा ६१ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३० प्रतिशत वृद्धि गरी १३ अर्ब ८० करोड ४४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १२ अर्ब आठ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी तीन दशमलव ५४ प्रतिशतले बढेर १४ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सात दशमलव २४ प्रतिशतले घटेर छ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा तीन करोड रुपैयाँ राखिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको जोखिमयुक्त सम्पति १६ दशमलव ४७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०९ पैसा, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा, मूल्य आम्दानी अनुपात ३२ रुपैयाँ ०१ पैसा, तरलता अनुपात २५.९८ प्रतिशत र प्रतिसेयर कुल सम्पतिको मूल्य एक हजार दुई सय १६ रुपैयाँ ९८ पैसा रहेको छ । 

गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ४२ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ८८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमाले चार करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब २० करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ६७ करोड २४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २५ प्रतिशतले वृद्धि गरी १५ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १४ अर्ब ११ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ०९ प्रतिशतले बढेर १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा २७ दशमलव ३९ प्रतिशतले घटेर पाँच करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा छ करोड ६४ लाख रुपैयाँ राखिएको छ । गरिमा विकास बैंकको निष्कृय कर्जा एक दशमलव ०२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २२ दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, बैंंकको प्रतिसेयर आम्दानी वार्षिक छ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४३ दशमलव ४८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ५० रुपैयाँ र तरलता अनुपात २७ दशमलव ८४ प्रतिशत रहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ६८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनीले तीन करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ८३ करोड ३८ लाख रुपैयाँ राखेकोे छ । निक्षेपमा २८ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १८ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १० दशमलव ८३ प्रतिशतले घटेर १० करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ८६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको प्रोभिजनमा दुई करोड ५८ लाख रुपैयाँ राखिएको छ । लुम्बिनी विकास बैंकको निष्कृय कर्जा तीन दशमलव १६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १७ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक तीन दशमलव २२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४१ दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ८७ गुणा र तरलता अनुपात २९ दशमलव ४७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]