November 14th, 2017

नेपालगञ्जमा ज्योति लाइफ इन्स्योरेन्सको क्षेत्रीय कार्यालय

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औं सेवा केन्द्रको रुपमा बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालय संचालनमा ल्याएको छ । २०७४ आश्विन ८ गतेबाट नियमित व्यवसाय सुरु गरेको कम्पनीले मंगलबारले नेपालगञ्जको क्षेत्रीय कार्यालयबाट सेवा सुरु गरेको हो । यस कार्यालयको संचालनले आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा बीमाको साक्षरता तथा पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

काठमाडौँ उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक र सुर्यविनायक तथा उपत्यका बाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर र बनेपा समेत १४ शाखा तथा उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको यस कम्पनीको प्रबद्र्धकमा व्यक्ति तथा संस्था गरी ४२ जना रहेका छन् । अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि सेयर जारी गरी चुक्ता पुँजी रु. २.२० अर्ब पुर्याउने जनाएको छ । 

विभिन्न पेशा, उद्योग, व्यवसाय, वित्तीय क्षेत्रमा लब्धप्रतिष्ठित, उच्च छवी तथा सफल व्यवसायिक पृष्ठभुमी भएका व्यक्ति तथा संस्थाहरु लगायत एनआइशि एसिया बैंक समेत प्रबद्र्धक रहेको यस कम्पनीकोरजिष्टर्ड कार्यालय, पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौँमा रहेको छ । कम्पनीको अध्यक्षमा सफल व्यवसायि तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका रहेका छन् भने अन्य संचालकमा नन्दकिशोार शर्मा ( सफल व्यवसायि तथा वीमा क्षेत्रमा अनुभवी व्यक्ति), आकाश गोल्छा (सफल व्यवसायि) र शर्मिला महर्जन (वित्तीय क्षेत्रमा अनुभवी) व्यक्तिहरु संचालक समितिको सदस्यको रुपमा रहेका छन् । बार्कलेज् बैंक, युकेबाट आफ्नो कार्य शुरु गरी करिब आधा दशक लक्ष्मी बैंक लि. मा व्यवसायिक प्रणाली र प्रविधि सम्बद्ध वृहत् रुपान्तरण आयोजनाहरु सम्बन्धी लामो अनुभव हासिल गरेका प्रकाश विक्रम खत्रीले कार्यकारी उप– प्रमुखको रुपमाकम्पनीको व्यवस्थापनको नेतृत्व गरेका छन् । साथै उनलेयस अघि बैंक तथा वीमा कम्पनीको संचालक भइ लामो अनुभव हासिल गरेका छन् । 

हाल ५ वटा जीवन बीमा योजना जारी गरि सेवा प्रदान गरिरहेकोे यस कम्पनीले आगामी दिनमा नयाँ बीमा योजनाहरु जारी गर्दै निकट भविष्यमा जनकपुर र विराटनगरबाट सेवा शुभारम्भ गर्ने जानकारी दिएको छ । केही समयभित्रमा देशका सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरी दुर्गम भेगमा समेत सेवा विस्तार गरी जीवन वीमामा नसमेटिएका व्यक्तिहरुलाई समेत समेट्ने गरी आफ्नो सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]