November 14th, 2017

१५ सय अंकमाथि सेयर बजार, कारोबार पौने एक अर्बको

बैंकिङ खबर । मंगलबार सेयर बजार २५.१४ अंकले बढेर १५१६.०२ अंकमा पुगेको छ । सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ११२.७३ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः २१.६१, ०.८५, १०.७५, २७.९५, ५५.३७, ३.३४, ५६.७३, ६.९४ र ५८.८५ अंकले बढेका छन् । 

कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ । दिनभरिमा १६५ वटा कम्पनीको १८ लाख ४७ हजार सात सय ५५ कित्ता सेयर सात हजार दुई सय ८५ पटक खरिदविक्री हुँदा ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँको कारोबार भएको छ । सोमबार ७१ करोडमाथिको सेयर कारोबार भएको थियो । 

चिलिमे हाइड्रोको सबैभन्दा धेरै छ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक प्रोमोटर, प्राइम बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने नेपाल टेलिकम र सगरमाथा इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक लगायतको डेढ करोडमाथिको कारोबार भएको छ । 

विजय लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले नौ प्रतिशतभन्दा बढीक दरले कमाउँदा हाम्रो विकास बैंकका सेयरधनीले साढे आठ तथा किसान माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स र सिभिल लघुवित्तका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त, भार्गव विकास बैंक र समिट माइक्रोफाइनान्सका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाउँदा नयाँ नेपाल लघुवित्त लगायत आधा दर्जन कम्पनीका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

मंगलबार जम्मा १५ कम्पनीका सेयरधनीले गुमाएका छन् । सगरमाथा इन्स्योरेन्सका सेयरधनीले ५.९७ प्रतिशतका दरले गुमाएका छन् । प्रभु बैंक प्रोमोटर, ङादी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, गुडविल फाइनान्स, कन्काई विकास बैंक, अरुण भ्याली हाइड्रो, सहयोगी विकास बैंक, बरुण हाइड्रो, रिलायबल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]