November 13th, 2017

जनउत्थान सामुदायिक लघुवित्तद्धारा मृतक ग्राहकको कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको बनगाई शाखाले मृतकको परिवारलाई ऋण मिनाहा तथा राहत स्वरुप क्रिया खर्च वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस बैंकको शाखा कार्यालय बनगाई अन्तर्गत जुनेली बैंकिङ समुदाय वाणगंगा–११, कपिलबस्तु केन्द्र नं. १२.००३६ मा आवद्ध समुह सदस्य खुईले दमाईकी बुहारी तथा सुक बहादुर दर्जिको श्रीमति कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ११, भडसडहवा मा बासोबास गर्दै आएकी माया दमाईले लिएको साधारण कर्जा रु २२,२२०।– र मौसमी कर्जा रु २०,०००।– गरी जम्मा बाँकी रु ४२,२२०।– मिनाहा गरेको हो । जनउत्थान सामुदायिक लघुवित्तका वरिष्ठ अधिकृत ज्ञानिश्वर पन्त, अधिकृत इन्द्र बराली र भरत कुमार रसालीले कर्जा मिनाहा गरेको पत्रका साथै क्रिया खर्च बापत पतिसुक बहादुर दर्जिलाई नगद रु ३०००।– प्रदान गरे । माया दमाईको मिति २०७४/०७/११ गते शनिवारका दिन ३८ वर्षको अल्पायुमै असमायिक निधन भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय कार्यालयका वरिष्ठ अधिकृत ज्ञानिश्वर पन्तले शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गर्दै जनउत्थान बैंक भनेको सुखमा मात्र नभई दुखमा पनि समुह सदस्यहरुलाई साथ दिने बैंक भएको बताए । अधिकृत इन्द्र बरालीले यो बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने क्रियाकलाप भएको र बैंक सदैव सुख दुखको सारथीको रुपमा रहनुका साथै बैंकको ग्राहक संरक्षण कोष निति २०७२ को बुदाँ नं. ०५ को व्यवस्था बमोजिम ऋण मिनाहा तथा क्रिया खर्च उपलब्ध गराएको जानकारी गराए । त्यस्तै, अधिकृत भरत कुमार रसालीले बैंकले सदैव समुह सदस्यको हित हुने खालका क्रियाकलापहरु गर्ने, उद्यमशीलता सृर्जना गर्न सहयोग पुर्याउने, सानो सानो बचतहरु संकलन गर्ने र समुहको जमानीमा ऋण उपलब्ध गराउने जानकारी दिए ।  

पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा २५ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस बैंकमा करिब १८,००० जना समुह सदस्यहरु आवद्ध रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]