November 13th, 2017

पोखरा फाइनान्सको बैंकिङ साक्षरता एवं सफा नोट कार्यक्रम सम्पन्न 

पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकिङ साक्षरता एवं सफा नोट अभियान र्याली सम्पन्न गरेको छ । संस्थाको कुंडहर स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त र्याली चाउथे चोक हुंदै पुनः औद्योगिक क्षेत्रमा आई सम्पन्न गरिएको थियो । र्यालीमा वित्तीय संस्थाका कर्मचारी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले निकट भविष्यमा १५ प्रतिशत हकप्रद एवं आ.व. २०७३/७४ को मुनाफा समेतबाट रु. ८० करोड पुर्याउने वित्तीय संस्थाका कार्यकारी प्रमुख राज कुमार गुरुङले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]