November 12th, 2017

ओएपीको सम्मेलनमा गभर्नर डा. नेपालद्धारा सम्बोधन

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को Regional Office for Asia and the Pacific (OAP) को २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले सहभागीता जनाएका छन् । ओएपीले स्थापनाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा आईएमएफ र जापानको अर्थ मन्त्रालयको संयुक्त आयोजनामा कात्तिक २२ गते अर्था नोभेम्बर ८ तारिखमा सम्पन्न "Inclusive and Sustainable Economic Growth for the Asia-Pacific Region" विषयक सम्मेलनमा गभर्नर डा. नेपालले सहभागीता जनाएका हुन् ।  

सम्मेलनको पहिलो सत्रमा आईएमएफका मेनेजिङ डाइरेक्टर Christine Lagarde र जापानका Vice Minister of Finance for International Affairs Masatsugu Asakawa ले संक्षिप्त सम्बोधन गरेका थिए भने दोस्रो सत्रमा गभर्नर डा. नेपाल प्यानलिष्टको भूमिकामा सहभागी भएका थिए । उक्त सत्रमा गभर्नर डा. नेपालले नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिती, नेपाली अर्थतन्त्रको अवसर तथा चुनौतिहरु, समावेशी र दीगो आर्थिक विकास र पूर्वाधार विकासका लागि नेपालले अपनाएका उपायहरुका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष र जापानले नेपालको विकासमा पुर्याउन सक्ने र पुर्याएको योगदानबारे प्रकाश पारे । उनले सोही सत्रमा उठेका प्रश्नहरुलाई समेत सम्बोधन गरेका थिए । सो सत्रमा गभर्नर डा. नेपालका अलावा चार जना विभिन्न देशमा मन्त्री तथा अर्थशास्त्रीहरु प्यानलिष्टको रुपमा सहभागी थिए । 

सोही दिन गभर्नर डा. नेपाल ओएपीको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित रिसेप्सन डिनरमा सहभागी भए । सो अवधिमा मेनेजिङ डाइरेक्टर Christine Lagarde, जापानका उपप्रधान तथा अर्थमन्त्री र बैंक अफ जापानका गभर्नरले सम्बोधन गरेका थिए । सोही अवसरमा गभर्नर डा. नेपाल र मेनेजिङ डाइरेक्टर Christine Lagarde बीच संक्षिप्त भेटवार्ता समेत भएको थियो । 

नोभेम्बर ८ देखि ९ सम्म संचालन भएको कार्यक्रममा भाग लिई नोभेम्बर १० अर्था कात्तिक २४ गते स्वदेश फर्किएका छन् । गभर्नर डा. नेपालका साथमा गभर्नर कार्यालयका निर्देशक राजेन्द्र पण्डित पनि उक्त कार्यक्रममा सहभागी भएका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]