November 12th, 2017

कसरी गर्ने बैंकिङ अन्तर्वार्ताको तयारी ?

बैंकिङ खबर । कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् । 

शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्के्टिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सी गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ । 

अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त ? अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्न्िसप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्न्िसपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ । 

भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् । 

कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ(अंग्रेजी, नेपाली), बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् । 

अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ । बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन । 

वित्तीय ज्ञान
नेपालमा वित्तीय साक्षरताको एकदमै कमी छ । कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायतका विषयमा पनि जवाफ दिन नसक्नेहरु थुप्रै छन् । यस्तो अवस्था गाउँमा मात्र हैन सहरमा पनि छ, अनि निरक्षरहरुमा मात्र नभएर पढेलेखेकाहरु बीचमा पनि छ । पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान उनीहरुसँग छैन । बैंकमा नै काम गर्ने भएपछि त झन् यो विषयमा जानकारी भइरहनु अत्यन्त जरुरी हुन्छ । 

वित्तीय अनुशासन
बैंकमा काम गर्ने सोच बनाउनुभएको छ भने, तपाईँमा वित्तीय अनुशासन हुने अति नै जरुरी हुन्छ । हुन त वित्तीय अनुशासन सबै व्यक्ति, संस्था तथा क्षेत्रमा अत्यावश्यक कुरा हो । सर्वसाधारण जनताको धनसम्पत्तिको सुरक्षाको जिम्मेवारी आफ्नो काँधमा लिने भएकाले बैंकिङ क्षेत्रमा वित्तीय अनुशासनको महत्व अलि बढी छ । ग्राहकको पैसा देखेर मनमा लोभ जाग्ने, कर्जा उपलब्ध गराउँदा घुस माग्ने जस्ता क्रियाकलापहरु गर्ने व्यक्ति बैंकको लागि उपयुक्त हुँदैन । त्यसैले, म ग्राहकको पैसाको सुरक्षाको लागि सक्षम छु भन्ने सोचाई राख्नेहरु मात्रै बैंकमा जागीरका लागि एप्लाई गर्न जानु उपयुक्त हुन्छ ।

यस्ता मान्छे फर्कन्छन्, रित्तो हात
बैंकमा जागीर खान भनेर गएका धेरै जसो मान्छेहरु रित्तो हात फर्किने गरेका छन् । बैंकहरुले सयौँको संख्यामा कर्मचारी माग गरिरहेपनि आफूहरुलाई नराखेको भन्दै रिजेक्ट भएकाहरुले बैंकको आलोचना समेत गर्ने गरेका छन् । बैंकहरुले आफन्तहरुलाई राखेर आफूलाई नराखेको उनीहरुको आरोप छ । यता, बैंकहरु भने यो आरोप झुटो भएको दाबी गर्दै आएका छन् । बैंकमा जागीर गर्न आवश्यक ज्ञान तथा योग्यता नभएकै कारण आफूहरुले रिजेक्ट गर्ने गरेको बैंकहरु बताउँछन् । 

’बेस्ट अफ दी बेस्ट’को छनौट
बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी सम्हालेको संस्था हो । त्यसैले, यहाँ सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा मेनेजमेन्ट पढेका विद्यार्थीहरुको खाँचो छैन । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तीमध्येबाट बैंकले सबैभन्दा उत्कृष्टलाई छान्छ । बाँकी रहेका उम्मेदवारहरु स्वतः रिजेक्ट हुन्छन् । 

शैक्षिक योग्यताका भरमा जागीरको आस
शैक्षिक योग्यताकै भरमा राम्रो जागीरको आस गर्ने प्रचलनले पनि युवाहरु बेरोजगार नै बस्नुपरेको देखिन्छ । व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा त जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । बैंकसम्बन्धी थोरै पनि जानकारी नभएको, अनुभव पनि नभएको कर्मचारीलाई बैंकले नियुक्त गर्दैन । यसकारण पनि धेरै जना रिजेक्सनमा पर्ने गरेका छन् । 

बैंकसम्बन्धी सामान्य जानकारीको पनि अभाव
कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी छैन । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायतका विषयमा पनि जवाफ दिन नसक्नेहरुलाई बैंकले नियुक्त गर्दैन । 

सहकारी र फाइनान्सबारे अन्यौल
कुनै सहकारीमा काम गर्ने व्यक्तिलाई तपाईँ केमा काम गर्नुहुन्छ ? भनेर सोध्दा ‘फाइनान्समा’ भन्ने गरेको धेरै भेटिन्छ । उनीहरुलाई सहकारी र फाइनान्सबीचको फरक थाहा नहुँदा यस्तो समस्या आएको छ । उता, बैंकमा जागीरको लागि जाँदा पनि सहकारीमा काम गरेको अनुभवलाई फाइनान्समा गरेको भन्ने गरेको पाइएको छ । यस्ता कर्मचारीहरुलाई पनि बैंकले कुनै पद दिएर जिम्मेवारी सुम्पिन चाहाँदैन । 

वित्तीय साक्षरताको कमी
नेपालमा वित्तीय साक्षरताको एकदमै कमी छ । अझै पनि पैसा राख्नको लागि तथा कर्जा लिनका लागि बैंकलाई विश्वास नगर्नेहरु अत्याधिक छन् । यस्तो अवस्था गाउँमा मात्र हैन सहरमा पनि छ, अनि निरक्षरहरुमा मात्र नभएर पढेलेखेकाहरु बीचमा पनि छ । पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने लगायतको ज्ञान उनीहरुसँग छैन । बैंकमा नै काम गर्ने भएपछि त झन् यो विषयमा जानकारी भइरहनु अत्यन्त जरुरी हुन्छ । यस विषयमा जानकारी नभएकै कारण पनि कतिपयलाई रिजेक्ट गर्न आफूहरु बाध्य भएको बैंकहरुको भनाई छ ।  

सानो पदबाट काम गर्न हिच्किचाहट
कतिपय बैंकहरुले भ्याकेन्सी खोल्दा यसले अनुभवीलाई मात्र राख्छ, हामीले कहाँबाट ल्याउने अनुभव भन्ने खालका अनेकौँ प्रतिक्रिया आउने गरेको छ । तर, बैंकहरुले सँधै अनुभवीलाई मात्रै नियुक्त गर्दैनन् । अनि, बैंकहरुले आफैँ पनि अनुभवका लागि प्रशिक्षार्थी तथा इन्टर्न्सिपको रुपमा कर्मचारीहरु राखिरहेका छन् । सुरुमा छ महिना अर्थात एक वर्षसम्म प्रशिक्षण दिएर, पछि नियुक्त गर्ने गरी पनि बैंकहरुले कर्मचारी माग गरिरहेका हुन्छन् । तर, स्नातक वा स्नातकोत्तर गरिसकेकाहरु सिधै ठूलो पदमा नियुक्त हुन खोज्छन् । प्रशिक्षार्थीको रुपमा काम गर्न हिच्किचाउने हुँदा उनीहरुसँग बैंकमा काम गर्न आवश्यक व्यवहारिक ज्ञान हुँदैन र व्यवहारिक ज्ञान भएकाहरुले जागीर पाउँदा उनीहरुसँगै प्रतिष्पर्धामा गएकाहरु स्वतः फालिन्छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]