November 12th, 2017

छिमेक लघुवित्तको ४५ प्रतिशत लाभांश पारित

छिमेक लघुवित्त विकास बैंक लिमिटेडको १६औंं वार्षिक साधारण सभा हेटांैडाको होटल सामना प्रा.लि.मा सम्पन्न भएको छ । बैंककी अध्यक्ष श्रीमती भुवनेश्वरी पन्तको अध्यक्षतामा सम्पन्न  साधारणसभाले सेयरधनीहरुलाई आ.व. २०७३÷७४ को मुनाफाबाट कुल ४५ प्रतिशत लभांश (१९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभांश) प्रदान गर्ने र अधिकृत पूँजी पनि १ अर्बबाट बृद्धि गरि २ अर्व पुर्याउने निर्णय गरेको छ ।

साथै बैंकको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकहरुको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागि ऋषिराज जोशी निर्विरोध निर्वाचित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले बताए ।

काठमाडौंको मध्ये वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस लघुवित्त विकास बैंकले हालसम्ममा ६२ जिल्लामा १२४ वटा शाखा मार्फत कुल ३ लाख २४ हजार १७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस बैंकले आर्थिक वर्ष २०७३÷७४ मा ५७ करोड ५८ लाख ७ हजार ९ सय ८० रुपैंया खुद मुनाफा गर्न सफल भएको छ । हाल बैंकको अधिकृत पूँजि १ अर्व, जारी पूँजि ८३ करोड ४० लाख ७० हजार ७ सय र चुक्ता पँुजि ८३ करोड ४० लाख ७० हजार ७ सय रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]