November 10th, 2017

स्वदेशी लघुवित्तको बोनस र हकप्रद प्रस्ताव पारित

२०७१ पौष १६ गते राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा स्थापना भएको स्वदेशी लघुवित्त वित्तीय संस्थाले मिति २०७४ कार्तिक २४ गते आफ्नो तेश्रो वार्षिक साधारण सभा ईटहरी(रजिष्टार्ड ठेगाना)मा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष लालमणी जोशीको सभापतित्वमा संचालन भएको उक्त सभामा संस्थापक तथा सर्वसाधारण सेयरधनिको समेत बाक्लो उपस्थिती थियो । 

संचालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सभाका अध्यक्षले ४२ वटा जिल्लामा ६५ शाखा कार्यालयहरु मार्फत कारोबार गरीरहेको र स्थापनाको छोटो समयमा लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिन यस साधारण सभामा प्रस्ताव पेश गरेको जानकारी दिए । साथै, उनले एक बराबर एक (१ः१)को  अनुपातमा हकप्रद सेयर निष्काषन गर्न प्रश्ताव गरिएको पनि जानकारी दिए । सभाले उक्त दुवै प्रस्ताव सर्व सम्मतले पारित गरेको छ ।

उक्त सभामा स्वागत मन्तव्य तथा सेयरधनीले राखेको जिज्ञाशाको जवाफ दिँदै संस्थाका कार्यकारी प्रमुखले हाल लघुवित्तमा देखिएका चुनौतिहरुको नजिकबाट सुष्म ढंगले अध्ययन गरि रहेको र यसलाई समयमै कुशल ढंगले समाधान गरिनेमा ढुक्क रहन लगानीकर्तालाई आग्रह गरे । सभाको संचालन संस्थाका सहायक महाप्रबन्धक तथा कम्पनी सचिव राजेन्द्र प्रसाद शर्माले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]