November 11th, 2017

वाणिज्य बैंकलाई चुनौति दिँदै ‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक’

बैंकिङ खबर । क्षेत्रीय स्तरको विस्तार बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफा आर्जनमा वाणिज्य स्तरको जनता बैंकलाई पछाडि पारेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले साढे छ करोड रुपैयाँभन्दा बढी मुनाफा आर्जन गर्दा जनता बैंकले चार करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ । 

जनताको भन्दा शाइन रेसुंगाको मुनाफा बढी
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा शाइन रेसुंगाले छ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

यता, जनता बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

प्रतिसेयर आम्दानीमा पनि जनताभन्दा शाइन रेसुंगा अब्बल
मुनाफामा मात्र नभएर प्रतिसेयर आम्दानीका हिसाबले पनि जनत बैंकको तुलनामा शाइन रेसुंगा डेभलपमेन्ट बैंक अगाडी देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार, जनता बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ७१ पैसा रहेको छ । यता, शाइन रेसुंगा रेसुंगा डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी भने १८ रुपैयाँ ८९ पैसा रहेको छ । 

शाइन रेसुंगाको निष्कृय कर्जा न्यून
जनता बैंकको तुलनामा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको निष्कृय कर्जा न्यून रहेको छ । जनता बैंक बैंकको निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पति १५ दशमलव ९९ प्रतिशत रहेको छ भने शाइन रेसुंगा डेभलपमेन्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५३ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५ दशमलव ९४ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको तीन महिनामा जनताले पाँच करोड ८३ लाख रुपैयाँ र शाइन रेसुंगाले आठ लाख रुपैयाँ खराब कर्जा उठाएका थिए । पहिलो त्रैमासिक विवरणअनुसार, प्रोभिजनमा जनता बैंकले १४ करोड ३८ लाख रुपैयाँ राखेको छ भने शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एक करोड ८४ लाख रुपैयाँ राखेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]