November 10th, 2017

जलविद्युत्मा लगानी गर्ने अवसर, तीन अर्बबढीको आईपिओ आउँदै

बैंकिङ खबर । जलविद्युत् क्षेत्रमा लगानी गर्न चाहनेहरुका लागि ठूलो अवसर आउन लागेको छ । यतिबेला विभिन्न १६ वटा जलविद्युत् कम्पनीले साधारण सेयर(आईपिओ) निष्काशनको प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीहरुले तीन अर्ब ५४ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सर्वसाधारणहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब ५४ करोड ३९ लाख ७७ हजार एक सय रुपैयाँ बराबरको तीन करोड ५४ लाख ३९ हजार सात सय ७१ कित्ता सेयर निष्काशन हुँदैछ ।

हेरौँ, कुन कम्पनीको कति कित्ता सेयर आउँदैछ :
 
रसुवागढी जलविद्युत कम्पनी लिमिटेड
रसुवागढी जलविद्युत कम्पनीले एक करोड ६४ लाख २१ हजार कित्ता आइपिओ निष्काशन गर्न २०७४ बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । रसुवागढीले प्रमोटर सेयरधनी कम्पनीका कर्मचारी, नागरिक लगानी कोषका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीलाई नियम अनुसार दिनुपर्ने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड, एनआइबिएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड र एनसीएम मर्चेन्ट बैंक लिमिटेड रहेका छन् । बोर्डले रसुवागढीले बुझाएको कागजातमा देखिएका कैफियत सुधार गर्न र आवश्यक देखिएका थप कागजपत्र राख्न भन्दै २०७४ असार १८ गते जवाफ पठाइसकेको छ ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेड
सान्जेन जलविद्युत कम्पनीले २०७४ बैशाख १२ गते ८७ लाख ६० हजार कित्ता साधार सेयर निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन गरेको छ । सान्जेनले बुझाएको कागजातमा देखिएका कैफियत सुधार गर्न र आवश्यक देखिएका थप कागजपत्र राख्न भन्दै बोर्डले २०७४ असोज ९ गते जवाफ पठाइसकेको छ । सान्जेनको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । सान्जेनले प्रमोटर सेयरधनी कम्पनीका कर्मचारी, नागरिक लगानी कोषका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीलाई नियम अनुसार दिनुपर्ने सेयर दिन लागेको हो ।

कालिका पावर कम्पनी लिमिटेड
कालिका पावर कम्पनी लिमिटेडले छ लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै २०७४ असार २८ गते बोर्डमा निवेदन दिएको छ । कालिकाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन् । कालिकाले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड
आँखुखोला जलविद्युत कम्पनीले आठ लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै २०७३ जेठमा नै निवेदन दिएको थियो । आँखुखोलाले आयोजना प्रभावित स्थानीयका लागि सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड
गज्र्याङ उपत्यका जलविद्युत कम्पनीले पनि २०७३ असोज १४ गते दुई लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । गज्र्याङले आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न लागेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । 

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर निष्काशनको अनुमति माग्दै २०७३ पुस १२ गते बोर्डमा निवेदन दिएको छ । जोशीले आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गर्न लागेको जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

लाफिङ बुद्ध पावर नेपाल लिमिटेड
लाफिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपिओ जारी गर्न अनुमति माग्दै २०७४ जेठ ३१ गते निवेदन बुझाएको हो । लगिङ बुद्धले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यूनिक हाइड्रेल कम्पनी लिमिटेड
यूनिक हाइड्रेलले ५ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा २०७४ जेठ ३१ गते निवेदन दिएको छ । युनिकले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सिइडिबी हाइड्रोफन्ड लिमिटेड
सिइडिबी हाइड्रोफन्डले २२ लाख ८९ हजार ३०० कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असार २७ गते बोर्डमा निवेदन दिएको छ । सिइडिबीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

युनियन हाइड्रो पावर लिमिटेड
युनियन हाइड्रो पावरले ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर निस्कासन गर्न अनुमति माग्दै २०७४ साउन २९ गते बोर्डमा निवेदन दिएको छ । युनियनले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड
मैलुङखोला जलविद्युतले ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असोज २० गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

घलेम्दी हाइड्रोपावर लिमिटेड
घलेम्दी हाइड्रोले पाँच लाख ५० हजार कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असोज २५ गते बोर्डमा निवेदन दिएको छ । घलेम्दीले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । 

माउन्टेन हाइड्रो नेपाल लिमिटेड
माउन्टेन हाइड्रो नेपालले १२ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासनको अनुमति माग्दै २०७४ असोज २५ गते बोर्डमा निवेदन दिएको छ । माउन्टेनले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

शुभम पावर लिमिटेड
शुभम पावरले दुई लाख कित्ता साधारण सेयर निष्काशनको अनुमति माग्दै २०७३ चैत १८ गते नै निवेदन दिएको छ । शुभमले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।

पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड
पञ्चकन्या माइ हाइड्रो पावरले ११ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने अनुमति माग्दै २०७४ बैशाख २९ गते बोर्डमा निबेदन दिएको छ । पन्चकन्याले आयोजना प्रभावित स्थानीयले पाउने सेयर दिन लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]