November 10th, 2017

एनएमबि बैंकको नाफा ४५ करोडमाथि

बैंकिङ खबर । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ६१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि बैंकले ३५ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ६७ करोड ६७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा नौ दशमलव २३ प्रतिशत वृद्धि गरी ७१ अर्ब ९४ करोड ९२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १० दशमलव ७१ प्रतिशतले वृद्धि गरी ६२ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी सात दशमलव १० प्रतिशतले बढेर ६७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा २६ दशमलव १५ प्रतिशतले बढेर ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २१ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड सात लाख रुपैयाँ राखेको छ ।

एनएमबि  बैंकको निष्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशतले घटेर एक दशमलव ६७ कायम भएको छ भने जाखिमयुक्त सम्पत्ति शुन्य दशमलव २८ प्रतिशतले घटेर १३ दशमलव ८० प्रतिशत कायम भएको छ । त्यस्तै,बैंकको प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ३६ गुणा, तरलता अनुपात २३ दशमलव ९२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ७२ दशमलव ३८ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]