November 10th, 2017

भार्गव विकास बैंकको हकप्रद निष्काशन सुरु, कहाँबाट दिने आवेदन ?

बैंकिङ खबर । भार्गव विकास बैंक लिमिटेडको हकप्रद सेयर आज(कात्तिक २४ गते)देखि खुलेको छ । बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । सेयर निष्काशन मंसिर २८ गतेसम्म खुला रहनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

बैंकको हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, भार्गव विकास बैंकको सुर्खेतरोड नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायाणपुर, तुल्सीपुर, घोराही, हापुरे दाङ, बाँसगढी, मंगरागाडी, भुरीगाउँ बर्दिया, कोहलपुर बाँकेबाट आवेदन दिन सकिनेछ । त्यस्तै एनएमबि बैंक लिमिटेडको उपत्यकाभित्रका शाखा कार्यालय चाबहिल, कलंकी, काठमाडौं, कुमारीपाटी, ललितपुर, सूर्य्विनायक, भक्तपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर विरगञ्ज, भानुचोक जनकपुर, नारायाणगढ चितवन र बिर्तामोड झापाबाट आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]