November 10th, 2017

महालक्ष्मी विकास बैंकको नाफामा गिरावट

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ९२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंकले छ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब नौ करोड ८२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ३२ दशमलव २३ प्रतिशतले वृद्धि गरी २५ अर्ब १४ करोड ६४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २० अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४७ प्रतिशतले बढेर १७ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा दुई करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

महालक्ष्मी विकास बैंकको निष्कृय कर्जा तीन दशमलव ५५ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक आठ दशमलव ५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ४१ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २९ दशमलव ४५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]