November 10th, 2017

एनआईसी एशिया बैंकको नयाँ शाखा रुकुमको मुसिकोटमा

एनआईसी एशिया बैंक लिमिटेडले रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ०५, बागबजारमा नयाँ शाखा विस्तार गरेको छ । विहीबार (कार्तिक २३ गते) एक समारोहका बिच रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेक बहादुर पुनले विधिवत् रुपमा उक्त शाखाको उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक मानिन्छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]