November 9th, 2017

नेशनल बैंकिङ ईन्ष्टिच्युट र ग्लोबल आईएमई बैंकबीच सम्झौता

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड बिच  तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार एन.बी.आई ले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ६१ लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]