November 8th, 2017

उन्नति माइक्रोफाइनान्सद्धारा वृद्धाहरुलाई सहयोग

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कारोबार संचालनको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले रुपन्देहीस्थित श्री सत्य साई वृद्धाश्रमका वृद्धाहरुलाई प्रतिवृद्धा एक थान ब्लाङ्केट र एक थान हर्लिक्सका साथमा पाँच सय पाँच रुपैयाँ नगद प्रदान गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक तथा संचालकहरु खड्ग बहादुर राणा, मनोज उपाध्याय र तुलसी खनालले संयुक्त रुपमा उक्त सहयोग प्रदान गरे । 

सोही अवसर पारेर उन्नति माइक्रोफाइनान्सको संयोजनमा भैरहवास्थित भीम अस्पतालका डा. शान्ति पौडेलबाट स्थास्थ्य क्याम्प संचालन गरी वृद्धाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]