November 7th, 2017

सिटिजन्स बैंकको ६६औं शाखा महोत्तरीको औरहीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ । मंगलबार (कार्तिक २१गते) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरे । 

उक्त शाखाका इन्चार्ज सन्दिप अधिकारीेले यस क्षेत्रमा कृषि कर्जा, पशुपालन, तथा अन्य व्यवसायिक क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उद्देश्य रहेको जानकारी दिए । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शाखा उद्घाटन समारोहमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले  श्री प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरे । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट झन्डै तीन लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति निकट भविष्यमा नै बैंकले दाङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले बताए ।                                                           


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]