November 7th, 2017

प्रभु इन्स्योरेन्सको मोबाइल एप सार्वजनिक

प्रभु इन्स्योरेन्स लिमिटेडले Prabhu Insurance Public Mobile Apps सार्वजनिक गरेको छ । मंगलबार तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न २२ औं वार्षिक साधारण सभामा कम्पनीले उक्त मोबाइल एप सार्वजनिक गरेको हो । यस एपबाट कम्पनीका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ । 

साधारणसभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै सञ्चालक समितिले प्रस्ताव गरे अनुसार कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९.२० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय समेत गरेको छ । साथमा बोनश सेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४६ प्रतिशत (१०ः४.६) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस तथा हकप्रद सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्व ५० लाख ७६ हजार हुनेछ ।

कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीको शाखा बिस्तार गर्ने योजना अनुरुप निकट भविष्यमै पहाडी तथा तराई क्षेत्रमा थप शाखा स्थापनाको प्रकृया अगाडि बढाइएको जानकारी गराइन् । हाल मुलुकभर केन्द्रिय कार्यालय सहित २३ शाखा तथा उप–शाखाहरुबाट अत्याधुनिक बीमा व्यवस्थापन सफ्टवेयर मार्फत सेवा प्रदान गरिरहेको कम्पनीले आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने योजना बनाएको छ ।

कम्पनीले भविष्यमा आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]