November 7th, 2017

जलविद्युत् लगानी तथा विकास कम्पनीका सेयरधनीले कति पाउने भए लाभांश ?

बैंकिङ खबर । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चुक्तापुँजीको ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशतले  हुन आउने २५ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]