November 6th, 2017

गरिमा विकास बैंकको नाफा तीन करोड ४२ लाख रुपैयाँ

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ४२ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ८८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमाले चार करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब २० करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ६७ करोड २४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २५ प्रतिशतले वृद्धि गरी १५ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १४ अर्ब ११ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ०९ प्रतिशतले बढेर १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा २७ दशमलव ३९ प्रतिशतले घटेर पाँच करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा छ करोड ६४ लाख रुपैयाँ राखिएको छ ।

गरिमा विकास बैंकको निष्कृय कर्जा एक दशमलव ०२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २२ दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, बैंंकको प्रतिसेयर आम्दानी वार्षिक छ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४३ दशमलव ४८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ५० रुपैयाँ र तरलता अनुपात २७ दशमलव ८४ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]