November 6th, 2017

१८ प्रतिशतले घट्यो कुमारी बैंकको नाफा

बैंकिङ खबर । कुमारी बैंक लिमिटडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिकोा तुलनामा १८ दशमलव २४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारीले १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

पाँच अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ७४ करोड सात लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३५ प्रतिशतले वृद्धि गरी ५४ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४७ अर्ब ४७ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ८७ प्रतिशतले बढेर ३५ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५० प्रतिशतले घटेर ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यो अवभिमा नौ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड ९८ लाख रुपैयाँ राखेको छ । 

कुमारी बैंकको प्रतिसेयर आम्दानी सात दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४१ दशमलव ०१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४५ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ९७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव २५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]