Sunday , December 17 2017

बाढी पहिरो प्रभावितका लागि विशेष योजना

November 6, 2017

सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरो प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।
 
बैठकले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । रासस


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *