November 6th, 2017

कोरियामा खुल्यो ग्लोबल मनि एक्सप्रेस, हुण्डी कम गर्न सहयोग पुग्ने अपेक्षा

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशिहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस (GME) रेमिट्यान्स कम्पनिको मिति २०७४/०७/१९ गते देखि औपचारिक समुद्घाटन गरिएको छ ।  छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेसको कोरियाका लागि नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहले औपचारिक उद्घाटन गरे ।

ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको भए तापनि कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने ग्लोबल मनि एक्सप्रेस पहिलो रेमिट्यान्स कम्पनी भएको छ । कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापना संगै यसका शाखा तथा अनलाईनबाट सजिलै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने छ भने उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेडका नेपालमा रहेका सम्पूर्ण शाखाहरु तथा नेपालभर रहेका ७००० भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ । 

हुण्डी कम गर्ने अपेक्षा
उक्त औपचारिक समुद्घाटन समारोहमा बोल्दै कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापनासँगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले रेमिट्यान्स नेपाल पठाउने यस्ता विभिन्न अनौपचारिक माध्यमहरुलाई निरुत्साहित गरि राष्ट्र निर्माणमा आ–आफ्नो तर्फबाट हातेमालो गर्न समेत कोरिया लगायत अन्य राष्ट्रहरुमा रहेका सम्पूर्ण नेपालीहरुमा आग्रह गरे ।  

उक्त समुद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका लि. अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इन्र्डिस्टिजका अध्यक्ष किरण प्रकाश शाँख लगायत बिशिष्ट ब्यक्तिहरुले कोरियन सरकारको यो स्वीकृती र जीएमईको कारोबार सुरु भएपश्चात अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन ठुलो सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, त्यहाँ कार्यरत नेपालीहरु, एनआरएनका प्रतिनिधिहरु, कोरियामा रहेका बैंक तथा बित्तिय संस्थाका प्रमुखहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]