November 5th, 2017

बन्दिपूरमा खुल्यो नयाँ लघुवित्त, डेपुटी गभर्नरले गरे उद्घाटन

आइतबारदेखि 'सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड'को बिधिवत रुपमा कारोबार शुरुवात भएको छ । गत आषाढ २५ गते देखि राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तिय संस्थाको रुपमा कार्यक्रम संचालनको अनुमती पाएको यस सबैको लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बन्दिपुर–१ डुम्रेमा आयोजित कार्यक्रमका बीच कारोबार सुरु गरिएको हो । 

नेपाल राष्ट्र बैकका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीले कारोबारको बिधिवत शुभारम्भ गरे । कार्याक्रममा डेपुटि गर्भनर सिवाकोटीले लघुवित्तले शहर भन्दा ग्रामीण तथा दुर्गम केन्द्रित कार्यक्रम संचालन गर्नुपर्ने बताए । लघुवित्तमा दाहोरोपनाका कारण कर्जाको सहि उपयोग हुन नसकेको बताउँदै डेपुटी गभर्नर शिवाकोटीले आवश्यक मात्रामा मात्र कर्जा लिई कर्जाको सही सदुपयोग गर्न तथा बचत गर्ने बानी बसाल्नका लागी ग्राहक वर्गलाई समेत सुझाव दिए । 

कार्यक्रममा संस्थाकी अध्यक्ष सृजना जोशी तथा प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले यस वित्तीय संस्थाले राष्ट्र बैकको निर्देशन बमोजिम नै गरिब तथा विपन्न वर्गमा केन्द्रित भई सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]