November 5th, 2017

१५ सयको विन्दुबाट झर्यो नेप्से, १८ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार २६.३५ अंकले घटेर १४९६.४६ अंकमा कायम भएको छ । व्यापारबाहेक सबै उपसूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह १५७.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः २४.२९, ९.३३, ३०.९१, २३.६८, ६.३७, ५०.५५, ११.५७ र ३०.५९ अंकले घटेका छन् । व्यापार समूह भने २.७ अंकले बढेको छ । 

परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रक मभने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख छ हजार चार सय चार कित्ता सेयर सात हजार तीन सय १८ पटक खरिदविक्री हुँदा ६३ करोड १२ लाख १० हजार पाँच सय ३० रुपैयाँको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड तथा नेपाल टेलिकम, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एनबि बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, जनता बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा १८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । समता माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८७ प्रतिशत र ङादी ग्रुप पावरका सेयरधनीले ५.२२ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त, महुली सामुदायिक लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ललितपूर फाइनान्स, भार्गव विकास बैंक, छ्याङ्दी हाइड्रो, एनआईसी एशिया बैंक, मल्टिपर्पोज फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, स्वाबलम्बन विकास बैंकका सेयरधनीले ६.०७ प्रतिशतले गुमाउँदा प्रुडेन्सियल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, सनराइज बैंक र कैलाश विकास बैंकका सेयरधनीले ५ प्रतिशतभन्दा बढीले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, कालिका माइक्रोक्रेडिट, बेस्ट फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]