November 5th, 2017

एक्सेल डेभलपमेन्ट बैंकले पायो बोनस सेयर जारी गर्ने अनुमति

बैंकिङ खबर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले ३०.१२ प्रतिशत बोनस सेयर पायने भएका छन् । आर्थिक वर्ष २०७३।७४ सम्मको संचित मुनाफाबाट ३०.१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंक संचालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । जसअनुसार, बैंकले ११ करोड ५८ लाख ३० हजार दुई सय २५ रुपैयाँ बराबरको बोनस सेयर र ६० लाख ९६ हजार तीन सय २७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३८ करोड ३५ लाख ४५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ नाघ्नेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]