May 4th, 2016

जोखीम व्यवस्थापनमा सघाउन गभर्नरको आग्रह 

chiranjibi nepal (4)गभर्नर डा. चिरंजीबि नेपालले प्रविधिको प्रयोगले सहजतासँगै जोखीम समेत ल्याएको बताएका छन् । जोखीम व्यवस्थापनका लागि राष्ट्र बैंकले मात्र नभएर स्यवं संंस्थाले पनि पहल गर्नुपर्ने उनको भनाई थियो । नेपाल बैंकिङ इन्स्टीच्युट (एनबीआई) ले बुधबार आयोजना गरेको जोखीम व्यवस्थापनसम्बन्धी कार्यशालामा बोल्दै गभर्नर डा. नेपालले जोखीम न्युनिकरणका लागि राष्ट्र बैंकको मात्र मुख नताक्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरे । ‘प्रविधिको प्रयोगले सबैलाई सजिलो बनाएको छ ।’ उनले भने, ‘तर जोखिम व्यवस्थापनका लागि सबै सचेत हुन जरुरी छ ।’ संसार एउटा ‘ग्लोबल भिलेज’ का रुपमा विकास भएको जनाउँदै उनले नेपालको कुनै वित्तीय संस्था डिफल्ट हुँदा अन्तर्राष्ट्रिय जगतमा समेत त्यसको प्रभाव पर्ने उनले दाबी गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]