October 27th, 2017

नेपाल इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्काशनको प्रक्रिया

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएललाई विक्री प्रबन्धक तोकेको हो । कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले पाँच प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद बिक्री गर्नेे निर्णय गरेको थियो । 

कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा हकप्रद बिक्री गर्न लागेको हो । बीमा समितिले निर्जिबन बीमा कम्पनीहरुलाई एक अर्ब चुक्तापुँजी पुर्याउने निर्देशन दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । पाँच प्रतिशत बोनस सेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]