Sunday , December 17 2017

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओले दिए राजीनामा

October 23, 2017

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ । पोखरेलले शनिबार राजीनामा दिएको स्वीकार गरे । 

आवश्यक नीतिहरु सबै बनेको र अब प्राधिकरणमा कर्मचारीतत्रमा समन्वय गर्ने व्यक्ति भए पुग्ने उनले बताए । पोखरेलले भने, ‘पुनर्निर्माणको काम ट्राकमा आयो । अब समन्वय गर्ने र सरकारले बजेट उपलब्ध गराए पुग्छ ।’ पोखरेल प्राधिकरण गठन लगतै योजना आयोगको उपाध्यक्षसँगै पुनर्निर्माणको सीईओ पनि थिए । तर, एमाले सरकारले उनलाई निरन्तरता दिन चाहेन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई सीईओ बनायो । उनले काम गर्न नसकेको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि पोखरेललाई नयाँ सीईओ बनायो ।

पोखरेल अहिले प्युठानबाट चुनाव लड्ने तयारीमा छन् । दशैंको बेला चुनावी गतिविधिमा संलग्न भएको पाएपछि निर्वाचन आयोगले सीईओ पोखरेललाई २४ घन्टाभित्र जिल्ला छाड्न भनेको थियो ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *