October 20th, 2017

धेरै तलब बुझ्ने संसारका १० बैंकर्सहरु

बैंकमा काम गर्नेहरुको कमाई धेरै हुन्छ भन्ने कतिपयको सोचाई हुने गरेको छ । अझै बैंकका सीईओको तलब त कति होला ? नेपालका सीईओहरुको कमाई लाखौँको छ । तर, विश्वका यस्ता सीईओहरु छन् जसको कमाई मिलियन डलरमा हुन्छ । संसारमै सबैभन्दा धेरै पारिश्रमिक भएका बैंकिङ क्षेत्रका सीईओहरु र उनीहरुको वार्षिक पारिश्रमिक यहाँ प्रस्तुत गरिन्छ :

जेमि डिमन
जेमि डिमन जेपी मोर्गन चेजका सीईओ हुन् । उनी २८.२ मिलियन अमेरिकी डलर तलब लिन्छन् । 

जेम्स गोर्मन
मोर्गन स्ट्यान्लीका सीईओ जेम्स गोर्मनको तलब २२.५ मिलियन अमेरिकी डलर रहेको छ । 

लोयड ब्लाङ्फिन
२२.३ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने लोयड ब्लाङ्फिन गोल्डम्यान सच्सका सीईओ हुन् । 

ब्रियान मोएनिहान
बैंक अफ अमेरिका मेरिल लिन्चका सीईओ ब्रियान मोएनिहानले २०.२ मिलियन अमेरिकी डलर तलब बुझ्ने गरेका छन् । 

माइकल कोरबट
सिटि ग्रुपका सीईओ माइकल कोरबटले १५.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।

सर्जियो इर्मोट्टी
सर्जिओ इर्मोट्टीको तलब १३.९ मिलियन अमेरिकी डलर रहेको छ । उनी यूबीएसका सीईओ हुन् । 

स्टर्ट गुलिभर
१३.१ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने स्टर्ट गुलिभर एचएसबीसीका सीईओ हुन् । 

टिम स्लोन
वेल्स फार्गोका सीईओ टिम स्लोन १२.९ मिलियन अमेरिकी डलर पारिश्रमिक लिन्छन् । 

एन्टेनियो होर्टा ओसोरियो
लोयड्स बैंकिङ ग्रुपका सीईओ एन्टेनियो होर्टा ओसोरियोको तलब १०.३ मिलियन अमेरिकी डलर रहेको छ । 

जेस स्टाली
बारक्लेजका सीईओ जेस स्टालीको पारिश्रमिक १०.२ मिलियन अमेरिकी डलर रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]