October 21st, 2017

तिहार मनाउँदै गर्दा छुट्ला बैंकको रोजगारी

तिहारको रमझममा बैंकिङ रोजगारीके अवसर गुमाउनु होला है । पाँच वटा बैंक तथा वित्तीय संस्थामा रोजगारी खुलेको छ । दुई वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक र तीन वटा लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । 

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । गत असोज ६ गते विज्ञापन जारी गरि दर्खास्त आह्वान गरेको बैंकले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरेको छ । आवेदन कात्तिक ७ गतेसम्म दिन पाइनेछ ।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडमा ११४ जनाका लागि रोजगारी खुलेको छ । बैंकले दुई जना सहायक प्रबन्धक, तीन जना बरिष्ठ कार्यकारी अधिकृत, तीन जना कार्यकारी अधिकृत, १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक, २३ जना सहायक, २० जना जुनियर सहायक र ३० जना जुनियर सहायक प्रशिक्षार्थी माग गरेको छ । सहायक प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरि छ बर्षको बैंकिङ क्षेत्रमा अधिकृत स्तरमा काम गरेको अनुभव हुनु पर्ने छ । त्यस्तै बरिष्ठ कार्यकारी अधिकृत र कार्यकारी अधिकृतको लागि पनि क्रमश ४ र ५ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ । बैंकमा आवेदन दिन इच्छुक आवेकले कात्तिक १२ गतेससम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले मेनेजर, अफिसर, जुनियर अफिसर, सुपरभाइजर, सिनियर एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी मागेको हो । आवेदन दिने म्याद २५ अक्टोबरसम्म रहेको छ ।

आर्थिक समृद्धि लघुवित्त
आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दर्जनबढी कर्मचारी माग गरेको छ । तनहुँमा केन्द्रीय कार्यालय रहेको १० जिल्ले आर्थिक समृद्धि लघुवित्तले तनहुँमा केन्द्रीय कार्यालय रहेको १० जिल्ले आर्थिक समृद्धि लघुवित्तले एक जना जुनियर अधिकृत, १० जना शाखा प्रबन्धक, पाँच जना सहायक र १० जना सहायक प्रशिक्षार्थी मागेको छ । सबै पदका लागि व्यवस्थापन संकायतर्फका विषयहरु अध्ययन गरेको कर्मचारी माग गरिएको छ । जुनियर अधिकृत र शाखा प्रबन्धकका लागि दुई वर्ष तथा सहायककालाई एक वर्षको कार्यअनुभव माग गरिएको छ । जुनियर अधिकृत र शाखा प्रबन्धकमा एप्लाई गर्न स्नातक उतीर्ण हुनुपर्नेछ भने सहायक र सहायक प्रशिक्षार्थीका लागि प्लस दुई उतीर्ण हुनुपर्नेछ । आवेदन फारम संस्थाको वेभसाइट www.aarthiksamriddhi.com.np बाट डाउनलोड गर्न सकिनेछ ।  

स्वदेशी लघुवित्त
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ६ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]