October 16th, 2017

प्रभु मनि ट्रान्सफरको दशैँ योजनाअन्तर्गत पाचौँ साताका विजेता घोषणा (नामावलीसहित)

प्रभु मनि ट्रान्सफरले 'प्रभुसँग दशैँ, तिहार र छठ उमंग, हर्षले सबैजना दंग' नामक योजनाअन्तर्गत पाचौँ साताका विजेताको नामावली सार्वजनिक गरेको छ । पाचौँ साता मीनादेवि खात्बेले एलईडी टिभी हात पारेकी छिन् भने विरबल सफी र नरेश कुमार वलीले स्मार्ट फोन जितेका छन् । त्यस्तै, एक महिनाको रिचार्ज कार्डको साथमा प्रभु टिभी सेट टप बक्स जित्नेमा उजीर बिक, सुनिल कुमार घिसिङ, प्रताप तामाङ, शान्ता पौडेल क्षेत्री, दिलमाया गुरुङ, छलही महतो र सुमिना नगरकोटी रहेका छन् । 

यस योजानाअन्तर्गत प्रभु मनि ट्रान्सफरबाट रकम ट्रान्सफर गर्ने आफ्ना ग्राहकहरुमध्ये लक्की ड्रबाट विजेता घोषणा गरी उपहार वितरण गरिने बताइएको छ । जसमा प्रथम हुनेलाई पुरस्कारस्वरुप एलईडी टिभि हरेक हप्ता एक जनालाई प्रदान गरिनेछ । त्यस्तै, द्धितीय पुरस्कारको रुपमा एक महिनाको रिचार्जसहितको प्रभु टिभि सेट टप बक्स हरेक दिन एक जनालाई दिइनेछ । तेश्रो पुरस्कारअन्तर्गत हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने प्रभुले जनाएको छ । साथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा– मुक्तिनाथ–पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने कम्पनीको योजना छ । १० सेप्टेम्बर अर्थात भदौ २५ गतेदेखि सुरु भएको यो योजना २६ अक्टोबर अर्थात कात्तिक ९ गतेसम्म कायम रहने बताइएको छ ।

  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]