October 16th, 2017

कोहलपूरमा कैलाश विकास बैंकको नयाँ शाखा, छिटै थप चार शाखा विस्तार गर्ने तयारी

कैलाश विकास बैंक लिमिटेडले बाँकेको कोहलपुरमा आफ्नो ३९औँ शाखा स्थापना गरी आइतबार(असोज २९ गते)देखि कारोबार सुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले एक समारोहका बीच गरेका गरे । 

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ३९ पुगेका छन् भने एटिएम संख्या १९ पुगेका छन् । बैंकले निकट भविष्यमा दाङ्ग जिल्लाको लमही, सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी दुई अर्ब २९ करोड रुपैयाँ रहेको छ । उक्त पुँजीको न्यूनतम १० प्रतिशतका दरले मात्र बोनश सेयर जारी गरे पनि नेपाल राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी सजिलै पुग्ने देखिन्छ । बैंकले हालसम्म १८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]