October 12th, 2017

लक्ष्मी बैंकको नयाँ शाखा ताप्लेजुङ्गमा 

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा विहीबार ताप्लेजुङ्गको, फुङ्गिल्ङ्गमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा लक्ष्मी बैंकको यो पहिलो शाखा हो । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष (UNCDF) तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहुँच (A2F)” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउने योजना अन्तर्गत यी शाखाहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।  

४१ जिल्लामा अब लक्ष्मी बैंकको शाखा संजाल ७२, ३ हस्पिटल सेवा काउन्टर, ९३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । 

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको बैंकको दाबी छ । देशका विभिन्न क्षेत्रका साना तथा लघुउद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]