October 9th, 2017

सोमबार पनि घट्यो नेप्से, कारोबारमा पनि गिरावट, ३८ कम्पनीका सेयरधनीले कमाए 

सोमबार पनि सेयर बजार घटेको छ । अन्यबाहेक सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक ८.१२ अंकको गिरावटसँगै १५०१.८९ अंकमा कायम भएको छ । अन्य समूह ४.९२ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः ९, ३.०४, १.६, १२.६३, ९.२९, ८.१४ र ४७.२७ अंकले घटेका छन् । 

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५२ वटा कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता सेयर तीन हजार छ सय ६० पटक खरिद विक्री हुँदा ३१ करोड ६८ लाख छ हजार सात सय ५८ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको दुई करोड तथा चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंक, नविल बैंक, एनबि बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र निर्धन उत्थान बैंकको क्रमशः ८६ लाख, ८३ लाख, ७६ लाख, ७५ लाख, ७३ लाख र ६२ लाख रुपैयाँको कारोबार भएको छ । 

सोमबार लक्ष्मी भ्यालु फण्ड, किसान माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, बुटवल पावर कम्पनी, रिलायन्स फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्राने, कर्णाली डेभलपमेन्ट बैंक, कुमारी बैंक, प्रभु इन्स्योरेन्स लगायत जम्मा ३८ कम्पनीका सेयरधनीले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेका सप्तकोसी डेभलपमेन्ट बैंक र रुरल माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.६१ र ५.२३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । जनरल फाइनान्स, सिनर्जी फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, सृजना फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, वोमी माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]