October 9th, 2017

एनआईसी एशिया क्यापिटलको सिईओमा झनकराज ढुंगेल नियुक्त

एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा झनकराज ढुंगेल नियुक्त भएका छन् । कम्पनीको ३४औं संचालक समितिको बैठकले ढुंगेललाई सिईओमा नियुक्त गरेको हो । 

विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि एनआईसी एशिया क्यापिटलका सिइओ रामचन्द्र खनाल थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]