October 8th, 2017

३२.६४ अंकले घट्यो सेयर बजार, जम्मा ११ कम्पनीका सेयरधनीले कमाए

आइतबार सेयर बजार ३२.६४ अंकले घटेर १५१०.०१ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः २८.८४, ९.५४, ६६.२५, ५३.०८, ३७.३९, १५.०६, १९३.१२, १८.४८ र ५.२ अंकले घटेका छन् । 

दिनभरिमा १५२ वटा कम्पनीको नौ लाख ७२ हजार छ सय २४ कित्ता सेयर चार हजार नौ सय ७९ पटक खरिदविक्री हुँदा ४१ करोड ४९ लाख ९८ हजार नौ सय ८३ रुपैयाँको कारोबार भएको छ । जनता बैंक, गण्डकी विकास बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, स्वाबलम्बन विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेशनल हाइड्रो र सिभिल बैंकको एक करोडमाथिको कारोबार भएको छ । स्वरोजगार लघुवित्तको ८९ लाख र नेपाल इन्स्योरेन्सको ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

आइतबार जम्मा ११ कम्पनीका सेयरधनीले कमाएका छन् । महुली सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.९८ प्रतिशतका दरले कमाएका छन् । मिसन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रो, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, बरुण हाइड्रो, नेशनल लाइफ इन्स्योरेन्स, सनराइज बैंक, सगरमाथा इन्स्योरेन्स र नविल इक्विटी फण्डका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको रुरल माइक्रोफाइनान्सका सेयरधनीले ९.९२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । स्वाबलम्बन विकास बैंक, स्वरोजगार लघुवित्त, नेरुडे लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्तका सेयरधनीले क्रमशः ७.६१, ७.१७, ६.०४, ५.६३ र ५ प्रतिशतका दरले गुमाएका छन् । विशाल बजार, प्रुडेन्सियल इन्स्योरेन्स, रिलायबल माइक्रोफाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]