October 6th, 2017

सपोर्ट माइक्रोफाइनान्सको आईपिओ सोमबारसम्म, छुट्नुहोला है ?

इटहरीमा केन्द्रिय कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज (असोज १८ गते)देखि एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशण् गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक लाख ८० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । कुल एक लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसै गरी पाँच प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

लघुवित्तको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न पाइनेछ । धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्काशन छिटोमा असोज २३ गते बन्द हुनेछ । 

हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ । 

सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ साउनदेखि सञ्चालनमा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]