September 27th, 2017

पुनर्संरचनापछि सुधारिँदै पाकिस्तानको बैंकिङ क्षेत्र

वित्तीय स्वतन्त्रताको आधारबाट हेर्दा अरु मुलुकको तुलनामा पाकिस्तान पछाडी छ । यहाँको बैंकिङ क्षेत्रको अझै धेरै विकास हुन बाँकी छ । यद्यपि, इतिहास पल्टाएर हेर्दा, पाकिस्तानमा बैंकहरुको यत्तिको अवस्था हुनुलाई राम्रो मान्नुपर्छ ।

सन् १९४७ मा भारतबाट छुट्टिएको पाकिस्तानमा एक वर्षसम्म केन्द्रीय बैंकको स्थापना हुन सकेन । सन् १९४८ मा क्वासी सरकारको स्वामित्वमा स्टेट बैंक अफ पाकिस्तान ९एसबीपी०को जन्म भयो । यसअघि, सन् १९४१ मा स्थापना गरिएको हबिब बैंकले नै आवश्यक काम कारबाही सम्हालेको थियो । सो समयमा स्थानीय बैंकहरु सीमित मात्रामा थिए । कुल १९५ वटा बैंकिङ शाखामध्ये मुस्किलले २५ शाखा यस्ता बैंकहरुको थियो । त्यसैले, एसबीपीलाई सुरुमा वाणिज्य बैंकहरुको च्यानल विस्तार गर्ने, मौद्रिक स्थीरता कायम गर्ने र नवनिर्मित राज्यहरुमा व्यापार व्यपसाय विस्तार गर्ने लक्ष्यमा केन्द्रित गरिएको थियो । विस्तारै, हबिब बैंक, एलिड बैंक र नेशनल बैंकलाई केन्द्रीय बैंकको सहयोगमा सञ्चालन गर्न थालियो ।

सन् १९७४ सम्म पाकिस्तानमा कमर्सियल बैंकिङको विकास सकारात्मक रुपमा नै भयो । जुल्फिकर अलि भुट्टोको सरकारले लागू गरेको राष्ट्रियीकरण नीति अन्तर्गत १३ वटा बैंकहरु पूर्ण रुपमा सरकारी नियन्त्रणमा ल्याइए र मर्ज गरेर छ वटा राष्ट्रियीकृत बैंक बनाइए । एसबीपीको भूमिकालाई नियामकको रुपमा सीमित गरी ती राष्ट्रियीकृत बैंकहरुको पूर्ण रेखदेख गर्ने उद्देश्यले पाकिस्तान बैंकिङ काउन्सिल गठन गरियो । यो व्यवस्थाको मूख्य लक्ष्य थियो, कर्जा व्यवस्थालाई सुधार गर्दै उद्योगको रुपमा विकास गर्नु । त्यो समयमा प्रत्यक्ष कर्जालाई सकारात्मक रुपमा हेरिन्थ्यो, केही दीर्घकालीन आम्दानीका लागि हुन्थे ।

समयको अन्तरालसँगै पाकिस्तानको वित्तीय क्षेत्रले ठूला कर्पोरेट विजनेस, राजनीतिक्ष र सरकारलाई समेत सेवा दिन थाल्यो । सन् १९८०को दशकतिर, सञ्चालक समिति र सीईओहरु स्वतन्त्र रुपमा निर्वा्चित गरिएनन् । कर्जासम्बन्धी निर्णय सँधै व्यापारिक प्रयोजनका लागि भएनन् । खरबौँ रकम वित्तीय प्रणालीबाहिर गएर खन्याउँदा खराब कर्जा सावित भए । यो समयमा बैंकहरु पक्कै पनि आफ्नो भाग्यको नियन्त्रणमा थिएनन् ।

बैंकहरुको नीजिकरण गर्ने लहर
१९९१ देखि बैंक राष्ट्रियकरण ऐन संशोधन गरियो र २३ वटा बैंकहरु स्थापना गरिए । जसमध्ये, १० वटा स्वदेशी बैंकहरु थिए । १९९१ मा नै मुस्लिम कमर्सियल बैंकको निजीकरण गरियो । सन् ११९३ मा एलिड बैंकको बहुसंख्यक स्वामित्व यसकै व्यवस्थापनलाई सुम्पिइयो । सन् १९९७ मा चार वटा बैंकहरु अझै पनि सरकारी स्वामित्वमै थिए, तर २१ वटा स्वदेशी र २७ वटा विदेशी बैंकहरुसँगको प्रतिष्पर्धामा थिए । त्यसपछि निर्धा्रित व्याजदरको प्रावधानलाई सहज मान्न थालियो । बैंकअनुसारको क्रेडिट सिलिङ हटाइयो र सरकारी धितोपत्र निष्काशन गर्ने निश्चित व्यवस्था बनाइयो । सरकारलाई पनि बजारले निर्धारण गरेको दरमा नै धितोपत्र, कोष तथा ऋणपत्रहरु खरिदविक्री गर्न लगाइयो । 

पुनर्संरचनामा प्रवेश
बैंकहरुलाई निजीकरण गरेपछि परिवर्तनशील पुनर्संरचनाहरु भए । केन्द्रीय बैंकको नियमन गर्ने अधिकारलाई संशोधन गरी बैंकिङ कक्पनी अध्यादेश ९१९६२० र स्टेट बैंक अफ पाकिस्तान ऐन ९१९५६० गठन गरियो । पछि, कर्पोरेट शासन, आन्तरिक नियन्त्रण र बैंक सुपरभिजनलाई अझ सबल बनाइयो । सन् २००१ कानुनी रोकावट र खराब कर्जा असुलीमा भएको ढिलाईलाई सम्बोधन गरियो । त्यस्तै, बैंकहरुलाई हालसम्म प्रवेश नगरेको विजनेस क्षेत्रहरुमा जाने खतरा मोल्न स्वीकृति दिँदै १९८९ मा तयार गरिएको प्रडेन्सियल फ्रेमवर्कको क्षेत्रलाई विस्तार गरियो । सुरुमा साना तथा मझौला व्यवसायमा कर्जा विस्तार गर्ने कुरालाई त्यत्ति ध्यान दिइएको थिएन । पुनर्संरचनाअघि उपभोक्ता र धितो फाइनान्सको विकास भएको थिएन ।

पुनर्संरचनापछि हालसम्मको अवस्था
स्वतन्त्रतामा तैरिँदै गरेको पाकिस्तानको बैंकिङ क्षेत्रको वास्तविक दृश्य विस्तारै परिवर्तन हुँदै गयो । हाल पाकिस्तानमा ५४ वटा बैंक सञ्चालनमा छन् । यी बैंकले कुल १३ हजार एक सय ३४ शाखा, १२ हजार एटीएम, ४४ हजार पीओएस र तीन लाख १० हजार बीबी एजेन्ट मार्फत बैंकिङ सेवा प्रदान गरिरहेका छन् । यी बैंकहरुमा कुल चार करोड ३० लाख वटा खाता खोलिएका छन् । यहाँका उत्कृष्ट पाँच्च बैंकहरुले ५० प्रतिशत वित्तीय बजार ओगटेका छन् । यहाँको बैंकिङ क्षेत्रको विकासमा अझै धेरै कुरा गर्न बाँकी छ । दीगो आर्थिक वृद्धिको अभावका कारण यहाँका बैंकहरु जोखिमपूर्ण अवस्थामा नै छन् । वित्तीय स्वतन्त्रताको फाइदा आम मानिसहरुले लिन बाँकी नै छ । पछिल्लो समय भित्रिएका प्रविधिहरुको प्रयोगमा मानिसहरुको चासो बढ्दैछ । समग्रमा यहाँको पुनर्संरचनाले बैंकहरुलाई विकासको यति लामो बाटो तय गर्न सघाएको मान्न सकिन्छ । केन्द्रीय बैंकमा एकाधिकार रहेन र वित्तीय स्वतन्त्रता पूर्ण रुपमा लागू गर्न सकियो भने पाकिस्तानको बैंकिङ क्षेत्र निकट भविष्यमा नै निकै माथि हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]