April 30th, 2016

बिमा कार्यक्रमलाई सुधार्दै बिमा संस्थान

beimराष्ट्रिय बिमा संस्थानले बिमा कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउनको लागि बिमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धितर्फ जोड दिएको छ । संस्थानले विगतमा ल्याएका बिमा कार्यक्रमहरु असफल भएको भन्दै बिमा क्षेत्रमा कार्यरत देशभरका कर्मचारीहरुलाई केहि महिनायता तालिम प्रदान गर्दै आएको छ । बिमा कार्यक्रमलाई योजनाबद्ध ढंगले अघि बढाउनको लागि संस्थानले यस्तो तालिम आयोजना गरेको हो । राष्ट्रिय बिमा संस्थानका प्रशासक आस्विनी कुमार ठाकुरका अनुसार बिमा क्षेत्रमा कार्यरत कर्मचारीहरु दक्ष नभएका कारण बिमा कार्यक्रमले पूर्णता नपाएको विषयलाई मध्यनजर गर्दै तालिमका कार्यक्रमहरु ल्याइएको हो ।

संस्थानले  काठमाडौं उपत्यका भन्दा बाहिर रहेका शाखाहरुमा कार्यरत कर्मचारीहरुलाई तालिम प्रदान गरिरहेको छ । संस्थानले धनगढी, भैरहवा, पोखरा, विरगञ्ज विराटनगर, इटहरि, बिर्तामोड लगायत जिल्लाहरुमा कार्यरत कर्मचारीहरुलाई तालिम दिँदै आएको छ । बिमा संस्थानका देशभर रहेका १२ वटा शाखा कार्यालयहरु रहेका छन् । ती कार्यालयमा कार्यरत अभिकर्ताहरुलाई पुर्नताजगी तालिम, कर्मचारी तालिम र बिमा क्षेत्रमा प्रयोग हुने प्रविधिहरुबारे जानकारीमुलक तालिम सञ्चालन भइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]