September 22nd, 2017

ओम डेभलपमेन्ट बैंकको हकप्रद सेयर असोज २३ गतेदेखि

ओम डेभलपमेन्ट बैंकले यही असोज २३ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कात्तिक २६ गतेसम्म खुला रहने हकप्रदमा भदौ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटलमार्केट्स लिमिटेड रहेको छ । एनआइबिएल क्यापिटल मार्केट्स, ओम डेभलपमेन्ट बैंकका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, इटहरी र धनगढीबाट उक्त हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । 

हाल ओम डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, बैंकको चुक्तापुँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]